काठमाडौं,मालिका केशरीको उपन्यास सुवर्णलता बौद्धिक चेतना भरिएको उपन्यास भन्दै आज एक भब्य कार्यक्रम बिच कृतिको अन्तरसंवाद सम्पन्न भयो ।
साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमाअमर न्यौपाने, समालोचकडा. राम प्रसाद ज्ञवाली र प्रा. रामलोहनीले कृतिको वारेमाआफ्नो धारणा राख्नु भएको थियो ।
कृतिको वारेमा बोल्दै साहित्यकार न्यौपानेले भन्नुभयो, ‘नेपाली उपन्यास बजारमा यो उपन्यास आफ्नो छुट्टै पहिचानका साथ उभिन सफल छ । उपन्यास केहीलामो भएकाले केही बोझिलो लाग्न सक्छ तर यसकाभावले पाठकलाई अन्यत्र भाग्न दिदैन । अत्यन्त सरल भाषा प्रयोग गरेर लेखिएको उपन्यास बुझ्न सहज छ ।
उपन्यासकी नायिका सुवर्णलता पच्चिस सय वर्षभन्दा ज्यादा जीवीत हुनु र उनमा शारीरिक क्षय नहुनु केहीअपत्यारीला तथ्य लागे पनि उपन्यास लेखनमा यस्ता कुरा मान्यहुने धारण ब्यक्त गरे ।’
यसै गरि अर्का वक्ता डा. राम प्रसाद ज्ञवालीले केशरीको उपन्यास सुवर्णलताले पाठकलाई सुरुदेखि अन्त्यसम्म बाध्ने आर्कषण रहेको बताए ।
लेखकले मायाप्रेम सँगै ग्रामीण र शहरी परिवेशका पात्रहरुलाई बौद्धिक तवरले प्रस्तुत गरेका छन् । उपन्यासमा बौद्ध दर्शन नै नबुझेका पाठकहरुले बुद्धको वाणी सहजै बुझ्ने भाषा प्रयोग गरिएको भन्दै केशरीमागहिरो बौद्धधर्मको चेतना रहेको विचार प्रस्तुत गरे ।
प्रा. राम लोहनीकाअनुसार,‘उपन्यासले फरक विषय वस्तु उठाएको छ । पाठकजन कथामा प्रवाहित भइरहेको हुन्छ उपन्यासको मध्य भागमा पुग्दाअर्कै संसारमा बिचरण गर्न पुग्छ । त्यो संसार हो बुद्धको संसार ।
उपन्यासमा बुद्ध जीवितै हुन्छन् । बुद्धसँग उपन्यासकी नायिकाको बार्तालाप र प्रेम प्रस्ताबअत्यन्त मार्मिक छ ।
भोग र त्यागमाकसको विजयहोला त भन्ने प्रश्नमाबाँधिएर पाठकहरु रोमाञ्चकहुँदै अत्यसम्मपुग्नहतारिने विस्वास उनले ब्यक्त गरे ।’ लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँ उर्जा प्राप्तभएको भन्दै आफू माथि नयाँ जिम्मेवारी थपिएको बताएका थिए ।
आफ्नो प्रयासलाई पाठकले मनपराएकै कारण बजारमाआएको छोटो समयममै सुवर्णलताको दोस्रो संस्करण आउन लागेको पनि उनले खुलासा गरे ।
उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ