काठमाडौं । बहु प्रतिभाका धनी धिरेन लामाको स्वरमा नयाँ गीत तिमीसँग माया सार्वजनिक भएको छ । उनको आफ्नै शब्द, संगीत तथा स्वरमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।पछिल्लो पुस्ताका दर्शक तथा श्रोताको चाहनालाई लक्षित गरेर बनाईएको यस गीतको एरेञ्ज अमृत ल्वागुनले गरेका छन् भने डिका गुरुङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

गीतको भिडियोमा पुष्प खड्का र स्मारिका दाहालले स्क्रिन शेयर गरेका छन् भने पछिल्लो पुस्ताका व्यस्त निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोमा बुद्ध थापाको छायाँकन तथा विकास धमलाको सम्पादन रहेको छ ।
गीतकार, संगीतकार तथा गायक समेत रहेका लामाले आफूले सबै उमेर समूहका दर्शक तथा श्रोताको भावना बुझेर यो गीत बनाएको बताए । दर्शक श्रोतालाई यस गीतलाई साथ दिनेमा आफू ढुक्क रहेको भनाई समेत उनको रहेको छ ।
भिडियो
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ