काठमाडौं, १० माघ।दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आईपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र रमेश रायमाझीले खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ । खेल हुने समय भने बताइएको छैन । दर्शकको विषयमा एन्फाले कुनै धारणा बनाएको छैन । पछिल्लो समय कोभिड–१९ को संक्रमण उच्च बन्दै गएपछि सवारीसाधनमा समेत जोरबिजोर प्रणाली लागु गरेकाे छ ।
यस्तै, सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ । हाल नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रारम्भिक प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । जसमा ९ खेलाडीले पहिलो पटक अवसर पाएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ