सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

लसुनद्वारा एकल सास्कृतिक कार्यक्रम

प्रकाशित समय: सोमवार, ०६ : २० बजे चैत्र १२ गते



लसुनद्वारा एकल सास्कृतिक कार्यक्रम

काभ्रे । वरिष्ठ कलाकारहरुको उपस्थितिमा पनौतीमा स्व. नारायण गोपालका गीतहरुको एकल सास्कृतिक कार्यक्रम भएको छ ।

 

पनौती क्षेत्रमा रहेर सांगितिक क्षेत्रमा कृयाशिल सुरेन्द्र श्रेष्ठ, लक्ष्मण मटान्छे लगायतको आयोजनामा संचालित कार्यक्रममा गायक सुरेन्द्र श्रेष्ठले नारायण गोपालका चर्चित २० गीत गाएका थिए ।

 

लक्ष्मण र सुरेन्द्रको नमस्कार भन्दै ‘लसुन’ नामाकरण गरिएको उक्त कार्यक्रममा ‘म मरे पनि मलाई मेरो देशको माया छ’ बोलको गीतबाट श्रेष्ठले सांगितिक माहोलको श्रीगणेश गरेका थिए । भने ‘पर्खी बसे आउला भनी मेरो उठने पालो’बाट समापन ।

 

बरिष्ट गायक यादव खरेल तथा पनौती नगर पालिकाका मेयर भीम न्यौपानेले कार्यक्रमको उद्घाटन गरेका थिए ।

 

कार्यक्रममा कलाकारिता क्षेत्रका बरिष्ट व्यक्तित्वहरु दिनेश अधिकारी, भूपेन्द्र रायमझी, सुरेश अधिकारी, अष्ट लामा, हरि कर्मचार्य, रामहरि न्यौपाने, कलाकार मकुन्द थापा, रविन्द्र खड्का जय श्रेष्ठ, पनौतीकै पुराना गायक विजयराम कर्मचार्य लगाएको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा उपस्थित बक्ताहरुले यस प्रकारको कार्यक्रम पहिलो भएको बताए । यस्ता कार्यक्रमहरुले कलाकारहरुको कलाकारिता निखारिने तथा सबै कलाकारहरु एउटै स्थानमा उपस्थिति हुँदा सांगितिक क्षेत्रको विकासले तिव्रता पाउने बताए ।

 

कार्यक्रममा गायक सुरेन्द्रलाई नसाचा पुचः पनौती,लाइन्स क्लबअफ पनौतीले सम्मान गरेका थिए । कार्यक्रममा जिल्लाका नेता, समाजसेवी, कर्मचारी, लगायत दर्शकका रुपमा उपस्थित थिए ।