सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: सोमवार, ०४ : ५२ बजे माघ १० गते



थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १० माघ।नेपालमा सोमबार १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १६ हजार ६ सय ५४ पिसिआर परिक्षणका क्रममा ८ हजार ५४ जना र ४ हजार ५ सय ४७ एन्टीजेन परिक्षणका क्रममा २ हजार २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ३३ हजार ६ सय २६ पुगेको छ ।

 

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ५९ पुगेको छ । त्यस्तै थप २ हजार ५ सय ४० संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २४ हजार २ सय ३९ संक्रमित निको भएका छन् । हाल नेपालमा ८२ हजार ५ सय ५० सक्रिय संक्रमित आइशोलेशन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।