काठमाडौं, १२ माघ।नेपालमा बुधबार ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १३ हजार ५ सय ४९ पिसिआर परिक्षणका क्रममा ५ हजार ५ सय ७१ जना र ६ हजार ८ सय १० एन्टीजेन परिक्षणका क्रममा २ हजार ८ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ५४ हजार ८८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ७२ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप ४ हजार ४ सय ३३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ३१ हजार ७ सय १२ जना निको भएका छन् । हाल नेपालमा ९० हजार ६७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ