नवराज सापकोटा (काभ्रे) ।नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको ४२ औं जिल्ला सभा मण्डनदेउपुर १० मा सम्पन्न भएको छ ।
चण्डेनी उपशाखा मण्डनको संयोजनमा सभा सम्पन भएको हो । सभाको उद्घाटन गर्दै रेडक्रसका केन्द्रीय अध्यक्ष संजिव थापाले रेडक्रसकर्मीमा राजनीतिक प्रतिविम्ब देखिन नहुने बताएका थिए । ठूला विपद, संकटासन्नता जस्ता अवस्थामा रेडक्रसकर्मीको भूमिकाकै कारणले विश्वास जितेको बताउँदै प्राकृतिक विपत्ति तथा द्वन्द्वको समयमा गरेको कार्यले संस्था शाख जोगाउन सफल भएको थपे ।
विभिन्न जिल्लामा रेडक्रसले गर्दै गरेका कार्यहरुको उल्लेख गर्दै विपद, स्वास्थ्य प्र्रबन्ध, मानवीय मूल्य प्रर्वद्धनमा रेडक्रसको कार्य प्रति सवै तिरबाट प्रशंसा पाएको व्यक्त गरे । योजनाबाट कार्य सफल हुने भन्दै उनले सम्भवहुने सम्म मात्र महत्वकांक्षी योजना निर्माण गर्न सहभागीलाई सल्लाह दिँदै भए गरेका काम प्रति सबैलाई सकारात्मक र निस्पक्ष हुन समेत आग्रह गरेका थिए ।
केन्द्रिय उपाध्यक्ष अजित शर्माले रेडक्रस कर्मीलाई सधै मानवहितमा लाग्न निर्देशन दिँदै भूकम्प पछि काभ्रे रेडक्रसको भूमिकाको प्रशंसा गरे । रेडक्रस अध्यक्ष रघुवर चौ प्रधानले संस्था सधै प्रशासनीक, तथा आर्थिक पारर्दशिताको पक्षमा रहेको उल्लेख गर्दै संस्थाले बनेपामा पार्किङ, व्यपारीक कक्ष सँगै आधुनिक ब्लडबैंक, तालिम हल, कार्यालय सहितको सुविधा सम्पन्न भवन निर्माण गर्न लगेको महत्वकांक्षी योजना प्रस्तुत गरे ।
७ करोडको लागत अनुमान गरिएको छ तर हामी सँग अहिले पुजी छैन । सबैको साथ सहयोग लिएर योजना पुरा गरिछाडने उनले बताए । सभामा मन्त्री उद्धव पौडेलले शाखाले गत वर्ष संचालन गरेका कार्यहरुको जानकारी दिँदै प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष कुमार कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष ७२ लाख खर्च भएको र २ करोड आम्दानी भएको जानकारी दिए ।
स्थानीय बालक्लब, विद्यालयहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको सभामा वर्षमा उत्कृष्ट काम गर्ने ३ उपशाखाहरुलाई सम्मान गरिएको थियो ।
जसमा पनौती उपशाखा प्रथम, चण्डेनीउपशाखा द्वितीय र काभ्रे उपशाखालाई तृतीयको घोषणा गरि नगद र प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
मण्डनदेउपुर नगर उपमेयर निर्मला शाही, निर्वतमान अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, लगाएतले मन्तव्य राखेको कार्यक्रममा रेडक्रस जिल्ला कार्यसमितिका सदस्यहरु, जनप्रतिनिधिहरु, स्थानीय संघ संस्था तथा जिल्लाका २९ उपशाखाका प्रतिनिहरुकाको उपस्थिति रहेको थियो ।
हरेक वर्षको जिल्ला शाखाको जिल्ला सभा विभिन्न उपशाखाको संयोजनमा हुने गरेको छ । जस अनुसार यस पटकको संयोजन चण्डेनी उपशाखाले गरेको थियो । कार्यक्रमको सभापतित्व चण्डेनी शाखाका अध्यक्ष विष्णुमणि नेपालले गरेका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ