काभ्रे। राजधानीबाट पुर्व काभ्रे लगाएतका क्षेत्रमा एकाधिकार जमाएका यातायात व्यवसायीले उक्त क्षेत्रमा मयुर यातायातको प्रवेश भए पश्चात विरोधका कार्यक्रम घोषणा गरेका छन् ।
चैत १८ गतेबाट पुरानो समितिले सेवा रोकेर आन्दोलन गर्ने बताएका छन् । बनेपाबाट चक्रपथ परिक्रमा गर्ने गरी मयुर यातायातले सुविधा सम्पन्न बस मार्फत सेवा प्रदान गरेपछि विरोधको कार्यक्रम घोषणा गरिएको हो ।
पुराना यातायात व्यवसायीले विरोधको कार्यक्रम बनाए पछि सेवा प्रारम्भ गरेको मयुर यातायात प्रालिले भने सरकारी अनुमति पाए ग्रामीण भेगमा पनि सेवा दिन तयार रहेको बताएको छ ।
बनेपामा आयोजित पत्रकार सम्मेलन मार्फत मयुर यातायात प्रालिका सचिव रामबहादुर केसीले ग्रामीण भेगबाट समेत माग आएकाले यस तर्फ समेत प्रालिले योजना बनाएको बताए । कानुनी प्रक्रिया पुरा गरी सेवा संचालन गरेको रोकतोकले सेवा नरोकिने उनको भनाई थियो ।
प्राप्त रुट परमिटका आधारमा बस सेवा सञ्चालन गर्दै आएको र सिन्डिकेट, आन्दोलन या अन्य बहानामा काठमाडौं–बनेपा सेवा नरोकिने उनले बताए । हाम्रो उद्देश्य प्रतिस्प्रर्धा होइन । सरकारी नियम, प्रक्रिया र कानुनले दिएको अधिकार अुनसार हामी चलेका छौ । यहाँ हाम्रो कोहीसँग प्रतिस्प्रर्धा पनि छैन । थप रुट परमिट लिएर जिल्लाको अन्य क्षेत्रसम्म पुग्ने योजनामा हामी छौं’, केसीले भने ।
तत्काल २४ वटा युरो स्र्टार्डडका बस संचालन ल्याएको बताउँदै एक सय बस संख्या पु¥याउने लक्ष्य लिएको उनले जानकारी दिए । माग आएका क्षेत्रमा समितिले सेवा दिन्छ । ग्रामीण रुटका लागि कस्तो बस उपयुक्त हुन्छ भन्ने बस निर्माता कम्पनीसँग छलफल गरिरहेका छौं, उनको भनाइ थियो । बनेपावासीको अनुरोधमै सेवा संचालन भएको समितिको भनाई छ ।
उहाँहरुको बिजनेश हो, हामी चक्रपथको दायाँ, बाँया मात्र जान्छौ रत्नपार्क जादैनौ । सरकारले तोकेको मापदण्डका बसका तथा सरकारले तोकेको भाडा मै व्यक्तिहरु र विद्यार्थी छुटलाई समेत ध्यानमा राखेर सेवा दिइरहेको समितिले जनाएको छ ।
बसमा ७० बर्ष माथिका बृद्धबुद्धालाई निःशुल्क, अशक्त अपाड्ढ, गर्भवती, महिलाहरुलाई निःशुल्क, फ्रि वाईफाई, चोरीका घट्ना रोक्न सीसी क्यामेरा, आमाबालबालिका सिटको व्यवस्था लगायतका सुविधा रहेका छन । माघ ४ गतेबाट उपत्यकामा सेवा सुरु गरेको बसले चैत १ बाट बनेपा सम्म सेवा विस्तार गरेको छ । 
बनेपामा सेवा विस्तार गरे सँगै पुरानो समितिले यसको विरोध गर्दै आएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ