काठमाडौं। बिश्व गौडेलको शब्द रचनामा दिपक शर्माको स्वर तथा संगीत रहेको गीत ‘मुना तिमी घर जाउ’को भिडियो सार्वजनिक भएको छ । चलनचल्तीको गीत भन्दा भिन्न लाग्ने यस गीतको भिडियो पनि गीतको कथा अनुसारकै रहेको छ ।
गीत र भिडियोले परदेश गएको आफ्नै साथीकी श्रीमतीसँगको सम्बन्ध र त्यसबाट निम्तिने घटनालाई देखाईएको छ । ऋषि बरालले निर्देशन गरेको भिडियोमा जिबि चिरन, दिपेश परियार र मनिषा ओझाको अभिनय रहेको छ । गीतको एरेन्ज उदयराज पौडेलले गरेका छन् ।
यस गीतको अडियो तथा भिडियो प्रोडक्शन ब्लेक ब्रोज इन्टरटेन्मेन्टले गरेको छ । प्रोडक्शन टीममा ब्लेक गौडेल, ब्रेनन गौडेल र सन्ध्या थापा रहेका छन् । प्रविन घिमिरेले छायांकन गरेका छन् भने बिनोद बमले सम्पादन तथा कलर ग्रेडिंग गरेका छन् । भिडियोमा गीतको अंग्रेजी सबटाइटाल पनि राखिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ