विराटनगर, २२ चैत । सामान्यतया विदेशीहरु भ्रमणको सिलसिलामा नेपाल आउँने गर्छन् । यूरोपका विरामी उपचारकालागि नेपाल आउँछन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेपछि यूरोपका विरामी पनि स्तरीय उपचारको खोजिमा नोबेल अस्पताल आउँन थालेका छन् ।
फिनल्याण्डबाट ब्रेन ट्यूमरको शल्यक्रियाकालागि ‘हेलिकप्टर चार्टर’ गरेर एक विरामी नोबेल अस्पताल आएका छन् । फिनल्याण्डको बैंकिङ क्षेत्रमा प्रतिष्ठित उनी (नाम गोप्य राखिएको) ब्रेन ट्यूमरको सफल शल्यक्रियापछि स्वदेश फर्किए । ‘हेलिकप्टर चार्टर’ गरेर उपचारका लागि आएका उनी नोबेल अस्पतालमा ५ दिनको बसाईपछि निको भएर फर्किएका हुन् ।
फिनल्याण्डबाट उपचारका लागि विरामी आएको थाहा पाएपछि हेर्नका लागि स्थानीय र विरामीका आफन्तको भीड लागेको थियो । ब्रेन ट्यूमरको शफल शल्यक्रियापछि उनले न्यूरो सर्जरीका क्षेत्रमा नोबेल अस्पताल विश्वकै उत्कृष्ठ पाएको प्रतिक्रिया दिएका छन् । ‘बिकसित राष्ट्रका ठुला अस्पताल छोडेर म नोबेल आए ।’ उनले भने ‘जस्तो सोचेर आएको थिए, त्यस्तै राम्रो उपचार पाए ।’ नोबेलले न्यूरोका लागि मात्र करिव दुई अर्व २० करोड लगानी गरेर स्तरीय उपचार गर्दै आएकाले पछिल्लो समय विदेशी विरामीको पनि आकर्षण बढ्दै गएको हो ।
नेपालका बिभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशका विरामी पनि उपचारका लागि आउँने क्रम बढ्दै गएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘नोबेलमा सस्तो दरमै स्तरीय उपचार हुँने भएकाले विदेशी विरामीको पनि आकर्षण बढ्दै गएको छ ।’ डा.शर्माले भने ‘हामीले नाफामुखी हैन सेवामुखी भावले विरामीको उपचार गर्दै आएका छौ ।’ नोबेलले जर्मन, अमेरिका लगायत देशबाट अत्याधुनिक उपकरणसँगै बिषेशज्ञ डाक्टरको ब्यवस्थापन गरी विश्वकै दुर्लभ र जटिल शल्यक्रिया पनि सफल पार्दै आएको छ ।
नोबेलमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला ईन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोप लगायत अत्याधुनिक उपकरण रहेकाले जटिल शल्यक्रिया पनि सफल पार्न सहज हुने नोबेल अस्पतालका न्यूरोसर्जन डा.प्रकाश काफ्ले बताउँछन् ।
अत्याधुनिक उपकरणको सहायतामा विश्वप्रशिद्ध फिनल्याण्डका प्रो.जुवा हरनेन्सिएमी, डा.आईप चेरियन, डा.सेरगी, डा.प्रकाश काफ्ले, डा.सुनिल मुनाकोमी, ईन्डोनेसियन डा.फिट्रिलगायत चिकित्सकले विश्वकै जटिल शल्यक्रिया पनि सफल पार्न थालेपछि स्तरीय उपचारको क्षेत्रमा नोबेलको चर्चा चुलिदै गएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ