सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप ४,९०४ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

प्रकाशित समय: शनिवार, ०५ : ३६ बजे माघ १५ गते



थप ४,९०४ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं, १५ माघ ।नेपालमा शनिबार ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १० हजार १०१ पिसिआर परिक्षणका क्रममा ३ हजार ३ सय १८ जना र ४ हजार ४ सय ६१ एन्टीजेन परिक्षणका क्रममा १ हजार ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मनत्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ३ जनाको मृत्यु भएको छ ।

 

त्यस्तै थप ५ हजार ९ सय २४ जना निको हुँदा हालसम्म नेपालमा ८ लाख ४८ हजार ३ सय ६० जना निको भएका छन् । हाल नेपालमा ८७ हजार ३ सय २९ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।