सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप ५,२९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

प्रकाशित समय: सोमवार, ०८ : २२ बजे माघ १७ गते



थप ५,२९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं, १७ माघ।नेपालमा थप ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १० हजार ३ सय ६८ पिसिआर परिक्षणका क्रममा ३ हजार ४ सय ७२ जना र ५ हजार ७ सय २० एन्टीजेन परिक्षणका क्रममा १ हजार ८ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ८२ हजार ६ सय ६८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ७ सय ४३ जनाको कोरानोका कारण मृत्यु भएको छ ।

 

त्यस्तै थप ८ हजार १ सय ९१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ६२ हजार ८ सय ९८ जना निको भएका छन् । हाल नेपालमा ७९ हजार २ सय ७२ सक्रिय संक्रमित आइशोलेशन र १ सय ४१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।