काठमाडौं, १८ माघ.पहिलो भेटमा १-० ले पराजित गरेको नेपाल दोस्रो खेलमा आज साँझ पौने ५ बजे मौरिससविरुद्ध खेल्दैछ । दशरथ रंगशालामा हुने खेलमा नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछन् ।
पहिलोपटक घरेलु मैदानमा पाँच हजार दर्शक (आधिकारिक) जित निकाल्दा अब्दुल्लाहको निर्णयमा फरवार्ड विमल घर्ती मगरले ५५औं मिनेटमा विजयी गोल गरेका थिए । त्यही निर्णायक गोलमा नेपाल पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिससविरुद्ध जित निकाल्न सफल भयो । दोस्रो खेलका लागि प्रशिक्षक अब्दुल्लाहले फरक टोली तयार पारेका छन् । यद्यपि पहिलो खेल खेलेका ‘प्लेइङ सेट’ गरी १२ खेलाडी दोस्रो खेलमा समेत छन् । खेलको पूर्वसन्ध्यामा प्रशिक्षक अब्दुल्लाहले चोट बोकेका रक्षक अनन्त तामाङ र अट्याकर प्रशान्त अवस्थीलाई बाहिर राख्दै दर्शन गुरुङ र मनिष डाँगीलाई अवसर दिएका हुन् ।
प्रशिक्षक अब्दुल्लाहले पहिलो खेलमा ४-३-३ को रणनीति अपनाएका थिए । दोस्रो खेलमा समेत उनी सोहि रणनीति अपनाउन सक्छन् । पहिलो खेलमा खेलेका खेलाडी नै दोस्रो खेलमा खेल्ने सम्भावनासमेत छ । पहिलो खेलमा डिफेन्सिभ मिडफिल्डरको भूमिकामा रहेका सुरजजिउ ठकुरी बाहिर रहन सक्छन् । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दीबाट खेलिरहेका पुजन उपरकोटीले उनको स्थान लिन सक्छन् । पुजन पहिलो खेलमा टोलीमा थिएनन् । अन्य १० खेलाडी भने सुरुआती खेलकै हुन सक्छन् । पहिलो खेलमा गोल सोचेजस्तो ननिस्किँदा प्रशिक्षक अब्दुल्लाह ‘रिक्स’ मोल्न चाहँदैनन् ।
नेपालको कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बू नै रहनेछन् । यदि दोस्रो हाफमा अत्यधिक गोल निस्किए र नेपालले खेलमा पकड राखेको खण्डमा वैकल्पिक विशाल श्रेष्ठ तथा सत्रुघन चौधरीले डेब्युको अवसर पाउन सक्छन् । यता, डिफेन्डरमा गौतम श्रेष्ठ, दिनेश राजवंशी देवेन्द्र तामाङ र सुमन अर्यालकै सम्भावना बढी रहन्छ । दिनेश र देवेन्द्र सेन्टर डिफेन्डरमा रहनेछन् भने गौतम राइट ब्याक रहँदा सुमन लेफ्ट ब्याकको भूमिकामा हुनेछन् । यस्तै मिडफिल्डरमा पुजनसहित सुमन लामा र तेज तामाङले निरन्तरता पाउन सक्छन् । सुरजको स्थानमा भने पुजनको सम्भावना उच्च छ ।
यता, अट्याकमा समेत सुनिल बल, अन्जन विष्ट र विमल घर्ती मगरले निरन्तरता पाउने सम्भावना बढी छ । विमलले सेन्टर फरवार्डको भूमिका निर्वाह गर्दा सुनिल राइट विंगर हुनेछन् भने अन्जन लेफ्ट विंगरको भूमिमा हुनेछन् । आवश्यक्ताअनुसार सुनिल र अन्जनले पोजिसन परिवर्तनसमेत गर्न सक्छन् । यदि दोस्रो हाफमा गोल ननिस्किएमा सुनिललाई मनिष डाँगी र अन्जनलाई सुजल श्रेष्ठले समेत परिवर्तन गर्न सक्छन् ।
आवश्यक्ताअनुसार प्रशिक्षक अब्दुल्लाहले तेज र सुमनको स्थानमा विशाल राईलाई समेत अवसर दिन सक्छन् । दुवैको स्थानमा एरिक विष्टसमेत लिन सक्छन् । सेन्टर फरवार्डमा विमलको विकल्पमा आशीष लामा समेत रहेका छन् ।
नेपालको सम्भावित ११
गोलरक्षकः किरणकुमार लिम्बू
डिफेन्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल
मिडफिल्डरः पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ
फरवार्डः सुनिल बल, अन्जन विष्ट, विमल घर्ती मगर
दोस्रो खेलका लागि नेपाली टिम
गोलरक्षकः किरणकुमार लिम्बू (कप्तान), विशाल श्रेष्ठ, सत्रुघन चौधरी
डिफेन्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजजिउ ठकुरी
मिडफिल्डरः पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुभाष गुरुङ, अन्जन बिष्ट, एरिक विष्ट, दर्शन गुरुङ, मनिष डाँगी, सुशील राई, सन्तोष तामाङ
फरवार्डः आशीष लामा, विमल घर्ती मगर, आशीष राई,
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ