काठमाडौं, १९ माघ।बलिउडको ‘ट्रेन्डिङ जोडी’ विकी कौशल र कटरिना कैफ विवाहपछि हरेक उत्सवलाई सँगै मनाउने पूर्ण प्रयास गरिरहेका छन् । तर, विवाह पछिको पहिलो भ्यालेन्टाइन भने यो जोडीले सँगै नमनाउने भएका छन् ।
कटरिना आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङका कारण विकीसँग भ्यालेन्टाइन मनाउन नपाउने भएकी हुन् । अभिनेता सलमान खान र अभिनेत्री कटरिनाको ‘टाइगर ३’को अन्तिम सुटिङ तालिका जनवरीमा हुनुपर्ने थियो । तर, कोभिड १९ को बढ्दो संक्रमणका कारण फिल्मको दिल्ली सेड्युल रोक्नु परेको थियो ।अहिले निर्माताहरूले नयाँ सुटिङ तालिकाको योजना बनाएका छन् । उनीहरू मध्ये फेब्रुअरीमा फिल्मको अन्तिम सेड्युल पूरा गर्ने योजनामा छन् । यो समय तालिका १५ दिनको हुनेछ । जसमा चेज सिक्वेन्समा फोकस गरिनेछ ।
निर्देशक मनिष शर्मा फिल्मको केही एक्सन दृश्य नयाँ दिल्लीको सडकमा खिच्न चाहन्छन् । फिल्म नयाँ दिल्लीको ऐतिहासिक स्थानमा खिचिनेछ, जसमा लाल किल्ला पनि पर्दछ । प्रोडक्सन टिमले कोभिड प्रोटोकललाई पूर्ण रुपमा पालना गर्ने तयारीमा छ । सलमान र कटरिना १२ फेब्रुअरीसम्ममा नयाँ दिल्लीमा पुग्नेछन् र १४ फेब्रुअरीबाट फिलमको काम सुरु गर्नेछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ