काठमाडौं,बैशाख १०, नेपालमा भूकम्प आएको तीन वर्ष भइसक्दा वल्र्ड भिजनका साझेदार संस्थाहरु भूकम्पबाट अति प्रभावित १० जिल्लामा शिक्षा, बाल संरक्षण, स्वास्थ्य, जिविकोपार्जन, खानेपानी, सरसफाई तथा स्वच्छता, आवास र पुर्वाधार कार्यक्रमहरू मार्फत् ५,७३,६८८ व्यक्ति माझ पुगेका छन् ।
यसै क्रममा वि.स. २०७५ को वैशाख महिना देखि वल्र्ड भिजनका साझेदार संस्थाहरुले भूकम्प प्रभावित जिल्लाहरुमा आफ्ना सम्पूर्ण परियोजनाहरुको सफलतापूर्वक समापन गर्दैछन् । 
भूकम्पले अति प्रभावित जिल्लाहरूमा मानवीय सहायताका क्षेत्रमा काम गर्ने सरोकारवाला, सरकार र सामुदायका साझेदारहरूसँगै काम गर्दा वल्र्ड भिजनका साझेदार संस्थाहरुले निरन्तर रूपमा एउटा मजबुत साझेदारी निर्माण गरेका छन्, साझा जवाफदेहिता प्रबद्र्धन गरेका छन् र स्थानीयको क्षमता अनि सामुदायको सहभागिता अभिवृद्धि गरेका छन् ।
हामीले धेरैपटक देखेका छौँ स्थानीय समुदायसँग आप्mनो घर र समुदाय पुनःनिर्माण गर्ने बेजोड शक्ति छ । हामी जानकार छौं कि प्रभावित जिल्लाहरूमाअझै पनि धेरै आवश्यकताहरु छन् । भूकम्प प्रतिकार्यको यस पुनस्र्थापना चरणमा हामीसँग सिमित बजेट र श्रोत उपलब्ध भएकोले उक्त बजेट तथा श्रोतको रणनैतिक दृष्टिकोणले सदुपयोग गर्दै समाज कल्याण परिषदसंगको परियोजना सम्झौताको समयसिमा अनुसार वल्र्ड भिजन इन्टरनेसनल नेपालले आफ्नो परियोजनाहरु समापन गर्ने निर्णय लिएको हो ।
नेपाल भूकम्प प्रतिकार्यको अन्तिम चरणमा हामीले समुदायलाई उनीहरूको पुनर्लाभको स्वामित्व उनीहरूलाई नै दिने अवसरहरू प्रदान गर्ने र भविष्यमा आउनसक्ने विपदको सामना गर्नसक्ने क्षमता अभिवृद्धि गर्ने दिशामा कार्य गरेका छौं, वल्र्ड भिजन इन्टरनेसनल नेपालकी राष्ट्रिय निर्देशक एलिजावेथ साटोले भन्नुभयो ।
वल्र्ड भिजनले नेपाल भूकम्प पुर्नलाभ र पुर्नस्थापना परियोजनामा रु २,७९,०९,२६,६६९/- खर्च गरेको छ र यस मध्ये १७.६५% रकम प्रशासनिक खर्चमा प्रयोग भएको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ