सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

थप १,७१४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

प्रकाशित समय: शनिवार, ०५ : ५५ बजे माघ २२ गते



थप १,७१४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ५ हजार २ सय २५ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ३ र ३ हजार २ सय ८८ एन्टीजेन परिक्षणका क्रममा ६ सय ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ३ जनाको मृत्यु भएको छ ।

 

त्यस्तै थप ४ हजार ७ सय ७१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६ सय ३९ संक्रमित निको भएका छन् । हाल नेपालमा ५२ हजार ७ सय ८० सक्रिय संक्रमित आइशोलेशन र १ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।