काठमाडौं, २४ माघ।पाराग्वेलाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटसलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक प्रतियोगिताको उपाधि हात पारेको हो ।
अर्जेन्टिनाको जितमा १८औँ मिनेटमा एलान ब्रान्डीले गोल गरे । यससँगै पहिलो पटक कोपा अमेरिका फुटसलको उपाधि जित्ने पाराग्वेको लक्ष्य पूरा हुन सकेन । पाराग्वे योसँगै चौथो पटक फाइनलमा पुगेर उपाधिबाट बन्चित भयाे ।यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिललाई पराजित गरेको थियो । ब्राजिलले यस प्रतियोगिता सर्वाधिक १० पटक जितेको छ ।यता, अर्जेन्टिनाले तीन पटक उपाधि हात पार्दा ६ पटक उपविजेतामा सिमित भएको छ । उसले अन्तिम पटक सन् २०१७ मा घरेलु मैदानमा ब्राजिलसँग ४–२ ले फाइनल गुमाएको थियो ।
सन् २०१६ मा विश्व च्याम्पियन भएको अर्जेन्टिनाले कोपाको उपाधि सन् २००३ र २०१५ मा जितेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ