काठमाडौं, २५ माघ।नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट खेल्न जाने २२ सदस्यीय टोलीको भर्चुअल विधिबाट बिदाइ गरेको छ । क्यानले मंगलबार १७ खेलाडी र ५ अफिसियललाई बिदाइ गरेको हो ।
खेलाडीको बिदाइ खेलकुदमन्त्री महेश्वरजंग गहतराज, खेलकुद सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद(राखेप)का उपाध्यक्ष शिव कोइराला (ज्वाला), क्यान अध्यक्ष चतुरबहादुर चन्द लगायतले गरेका थिए । नेपाली टिमको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् भने टोलीको प्रशिक्षणमा पुबुदु दासानायके रहेका छन् । ओमान भ्रमणमा प्रशिक्षक पुबुदुले सागर ढकाललाई अन्तिम समयका मौका दिएका छन् । उनी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । नेपालले अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि ६ फागुनदेखि ओमानमा ग्लोबल छनोट खेल्दैछ । ग्लोबल छनोटमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह ‘बी’ मा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन् । नेपालले ६ फागुनमा आयोजक ओमान, ७ फागुनमा फिलिपिन्स र ९ फागुनमा क्यानडाविरुद्ध खेल्नेछ ।
दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्ने छन् । १२ फागुनमा हुने फाइनल खेलका दुई प्रतिस्पर्धी टोली विश्वकपका लागि छनोट हुनेछ ।
१७ सदस्यीय खेलाडी टिम
सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, आसिफ शेख, अभिनाश बोहरा, जितेन्द्र कार्की, शहाब अलाम, कमल सिंह ऐरी, विवेक यादव, प्रदिप ऐरी, लोकेश बम, सागर ढकाल
अफिसियल
व्यवस्थापकः सुमनराज कार्की
प्रशिक्षकः पुबुदु दासानायके (श्रीलंका)
बलिङ कन्सल्टेन्टः धम्मिका प्रसाद (श्रीलंका)
प्राविधिक विश्लेषकः रमन सिवाकोटी
फिजियोः बिक्रम न्यौपाने
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ