सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

छम्पीमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित समय: आइतवार, ०७ : ५३ बजे बैशाख १६ गते



छम्पीमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

ललितपुर, गोदावरी नगरपालिका वडा नम्बर ९ छम्पीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

 

युवा सूचना केन्द्र झरुवाराशी, भञ्ज्याङ युथ क्लब छम्पी, होली टेम्पल मावि छम्पी, तथा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र ललितपुरको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा ६० युनिट रगत संकलन भएको थियो।

 

प्रदेश सासद चेतनाथ संजेलको प्रमुख आथित्यतामा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि सञ्जेलले रगत दान गर्ने दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो।

 

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा together we can को नारासहित सञ्चालित रक्तदान कार्यक्रममा रगत दान गर्ने दाताहरुलाई गोदावरी नपा वडा नम्बर ९ वडा अध्यक्ष आत्मराम थापाले प्रमाणपत्र वितरण गर्नुभयो।

 

कार्यक्रममा होली टेम्पल माविका प्रधानाध्यापक बिमल थापा, नेपाल डेरी उद्योग सङ्घका मेनेजर शशिन्द्र गौतम, एकीकृत विकास केन्द्रका अध्यक्ष शैलेन्द्र विष्ट, लगायत सूचना केन्द्र एवम् क्लबका पदाधिकारी सदस्यहरु बाक्लो उपस्थिति रहेको थियो।

 

कार्यक्रम नारायण थापामगरको संयोजकत्वमा सम्पन्न भएको थियो। छम्पी देवी माविमा भएको कार्यक्रमलाइ छम्पीमाई इट्टा उद्योगले पनि सहयोग गरेको थियो।

 

युवा सूचना केन्द्र झरुवाराशी,भञ्ज्याङ युथ क्लब छम्पी, नेपाल एकीकृत ग्रामीण विकास केन्द्र र होली टेम्पल मावि छम्पीले विभिन्न समयमा यस्तै सामाजिक कार्य गर्दै आएको छ।