सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

प्रकाशित समय: बुधवार, ०५ : १६ बजे माघ २६ गते



थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २६ माघ।नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ११ हजार ६ सय ३ पिसिआर परिक्षणका क्रममा १ हजार ८ सय ५१ जना र ४ हजार ७ सय ५३ एन्टीजेन परिक्षणका क्रममा ५ सय ५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ७ हजार ७ सय ७७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ४ सय ६२ जना निको भएका छन् ।

 

हाल नेपालमा ३० हजार २ सय ४१ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।