वैशाख,२७ सिन्धुपाल्चोक सुनकोसी इन्द्रावती समाजले ९ सय ४ जनाको स्वास्थ्य परीक्षण गरेको छ ।
सुनकोसी इन्द्रावती समाजको आयोजनामा तीन दिनसम्म सञ्चालित निशुल्क शिविरमा ७ जनाको मोतियाबिन्दुको शल्यक्रिया, ३ सय ३० जनाको दाँतको परीक्षण गरिएको सुनकोशी इन्द्रावती समाजका अध्यक्ष भुपेन्द्रले थापाले जानकारी दिनुभएको छ ।
त्यस्तै स्वास्थ्य शिविरमा सेतीदेवी शारदा उच्च मावि बाह्बिसेका ४,७, र ९ कक्षाका विद्यार्थीहरु ६ सय ७९ जनाको दृष्टि परीक्षण पनि गरिएको छ ।
शिविरमा स्वास्थ्य परीक्षणका लागि मार्मिङ, गाती, मानेश्वारा, राम्चे लगायत दोलखा जिल्लाबाट समेत मानिसहरु आएका थिए । विपी कोइराला नेत्र लायन्स अध्ययन केन्द्रको प्राविधिक सहयोग र हेल्थ केयर युएसए र सगरमाथा फाउण्डेसनले गरेको स्वास्थ्य जाँचको सहयोगले शिविर सञ्चालन भएको थियो।
टिचिङ हस्पिटलका डाक्टर मधु थापाको नेतृत्वमा गएको टोलीले सम्पुर्ण बिरामीहरु निशुल्य स्वास्थ्य परीक्षण गरेको थियो ।
सुनकोसी इन्द्रावती समाजले विभिन्न समयमा स्वास्थ्य शिविर गरी स्वास्थ्यको पहुँचबाट टाढा रहेका जनताको स्वास्थ्य परीक्षण गरी उपचार समेत गर्ने गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ