काठमाडौं, २७ माघ।अघिल्लो साता माेरिससविरुद्ध घरेलु मैदानमा प्राप्त दुई मैत्रीपूर्ण जितपछि नेपालले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ ।
बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७औं स्थानमा रहेको हो ।यसअघिको वरीयतामा नेपाल १६९औं स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रको वरीयताको भने तेस्रो स्थानमा रहेको छ । भारत पहिलो स्थानमा रहँदा माल्दिभ्स दोस्रो स्थानमा रहेको छ । भारत १०४औं र माल्दिभ्स १५७औं स्थानमा छ ।
नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । भुटान १८५औं, बंगलादेश १८६औं, पाकिस्तान १९७औं र श्रीलंका २०४औं स्थानमा छन् ।विश्व वरीयतामा नम्बर एकमा बेल्जियम यथावत् छ । यस्तै ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, इटाली, स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्यान्ड क्रमशः दोस्रोबाट दशौं स्थानसम्म रहेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ