काठमाडौं । चारदेशीय टी– २० शृंखलाको दोस्रो खेलमा नेपाल सयुक्त अरब इमिरेट्स (यूएई) सँग २५ रनले पराजित भएको छ ।
युएइले दिएको १ सय ९३ रनको चुनौति नेपालले निर्धारित २० ओभरमा १ सय ६७ रन मात्र बनाउन सक्यो । चार विकेट गुमाएर नेपालले उक्त जोडेको हाे । खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरले सर्वाधिक ४१ रनको योगदान दिएका थिए ।नेपालका लागि ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले २२ तथा आसिफ सेखले ३४ रनको योगदान दिएका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक अवसर पाएका लोक बमले २१ बलमा ३३ रनको योगदान दिए पनि जीतका लागि पर्याप्त भएन ।
त्यसअघि तीन विकेटको क्षतिमा युएइले १ सय ९२ रन जोडेको थियो । नेपालका लागि साहेब अलाम, असिफ सेख र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ