सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

प्रकाशित समय: शनिवार, ०५ : २८ बजे माघ २९ गते



थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं, २९ माघ ।नेपालमा थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ४ हजार २ सय ६० पिसिआर परिक्षणका क्रममा ४ सय ९१ जना र २ हजार ३ सय ९४ एन्टीजेन परिक्षणका क्रममा ३ सय ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ८ सय २६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ३४ हजार ६ सय ४८ जना निको भएका छन् । हाल नेपालमा २६ हजार १ सय २ सक्रिय संक्रमित आइशोलेशन र १ सय १८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।