नुवाकोट जिल्लाको बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आ. व. २०७४÷७५ को कार्यक्रम समीक्षा तथा आगामी वर्षको योजना तथा बजेट तर्जुमा गोष्ठी शुरु भएको छ ।
२०७५ जेष्ठ ११ गतेदेखि चितवनको सौराहामा शुरु भएको उक्त गोष्ठीको समुद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले गर्नुभएको थियो ।
उक्त गोष्ठीमा संस्थाका निमित्त नायव प्रमुख कार्यकारी अधिकृत नबराज दाहाल, योजना विभाग प्रमुख राजु प्रसाद पुडासैनी लगायत विभागीय प्रमुख तथा अधिकृतहरु, कर्पोरेट कार्यालयका कर्मचारीहरु, अनुगमन कार्यालय र शाखा कार्यालयका प्रमुखहरु गरी करीब १०० जनाको उपस्थिति रहेको छ ।
४ दिनसम्म चल्ने उक्त गोष्ठीमा पहिलो दिन चालु आ. व. को प्रगति समीक्षा गर्ने कार्यक्रम रहेको छ भने दोश्रो दिन आगामी आ. व. को कार्यक्रम योजना तथा बजेट तर्जुमा गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी जेष्ठ १३ र १४ गते नेपाल बीमक संघको सहकार्यमा सम्पूर्ण सहभागीहरुलाई लघुबीमा सम्बन्धी पुनर्ताजगी तालिम प्रदान गर्ने कार्यक्रम रहेको छ ।
संस्थाले हालसम्म देशमा विभिन्न ४६ जिल्लाहरुमा ७६ वटा शाखा कार्यालयहरु मार्फत ७२ हजार बिपन्न परिवारहरुलाई लघुवित्तीय सेवा प्रदान गरिरहेकोमा आगामी वर्ष थप ५ जिल्लामा कार्यक्षेत्र बिस्तार गर्ने र नयाँ १० शाखा थप गरी जम्मा १ लाख सदस्यहरुलाई सेवा दिने लक्ष्य लिएको छ । 
ग्राहकमुखी सेवा र कर्मचारी–मैत्री प्रशासनको नीति अनुरुप आगामी वर्षमा संस्थाले ने. रा. बैंकको निर्देशन बमोजिम देशका वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा शाखाहरु खोली सेवा दिने, सेवाग्राहीहरुका लागि लघुबीमा सहितको पूर्ण लघुवित्तीय सेवा प्रदान गर्ने, भाखा नाघेको कर्जा शून्य गर्ने र सो को लागि कर्मचारी क्षमता अभिबृद्धिका थप कार्यक्रमहरु समेत गर्ने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताउनुभएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ