सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

प्रकाशित समय: सोमवार, ०५ : २५ बजे फाल्गुन २ गते



थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ, २ फागुन।नेपालमा थप ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ६ हजार २ सय ७९ पिसिआर परिक्षणका क्रममा ४ सय ८२ जना र २ हजार ४ सय १७ एन्टीजेन परिक्षणका क्रममा २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय जनाको मृत्यु भएको छ ।

 

त्यस्तै थप २ हजार ३ सय १९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ४० हजार ९ सय २ जना निको भएका छन् । हाल नेपालमा २० हजार ७ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र १ सय १३ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।