सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

मंगलबार थप ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: मगलवार, ०५ : ११ बजे फाल्गुन ३ गते



मंगलबार थप ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ फागुन।नेपालमा मंगलबार ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ४ हजार २ सय ५६ पिसिआर परिक्षणका क्रममा ४ सय ९८ जना र २ हजार ८ सय ३९ एन्टीजेन परिक्षणका क्रममा १ सय ८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २ जनाको मृत्यु भएको छ ।

 

त्यस्तै थप १ हजार ८ सय ३५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ४२ हजार ७ सय ३७ जना निको भएका छन् । हाल नेपालमा १९ हजार ४ सय सक्रिय संक्रमित आइशोलेशन र १ सय १२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।