बेथानचोक ।गाउँपालिकाका विभिन्न क्षेत्रमा संचालित होमस्टेहरुको लागि १ दिने अभिमुखिकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
राजधानी तथा सदरमुकाम सँग नजिकै रहेको बेथानचोकमा पछिल्लो समय होमस्टे तर्फ आकर्षण बढ्दो रहेको कार्यक्रमका सहभागीले बताएका थिए ।
अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सरीता लामिछाने तामाङले उपयुक्त पर्यावरण, उच्च भौगोलिक स्थान तथा स्थानीय कला संस्कृतिले होमस्टेको भविष्य उज्जल रहेको बताइन् ।
कार्यक्रमको सभापतित्व सामुदायिक होमस्टे ढुर्खकका संयोजक केदार बहादुर क्षेत्रले गरेका थिए भने अभिमुखिकरण कार्यक्रमको प्रशिक्षण रामेश्वर घिमिरे तथा सहजिकरण कमल नेपालले गरेका थिए । कार्यक्रमको संचालन लक्ष्मण वाइवाले गरेका थिए । कार्यक्रममा स्थानीयहोम स्टे संचालक लगायत कुल ४० जनाको सहभागिता रहेको थियो ।
बेथानचोक गाउँपालिकामा हाल सामुदायिक तथा निजी गरी जम्मा १६ ओटा होम स्टे संचालनमा रहेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ