काठमाडौं, ४ फागुन।नेपालमा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा नौ हजार ७५६ नमुना परीक्षण गर्दा ६३९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
६ हजार ७८२ नमुनाको पीसीआर परीक्षण गर्दा ५४८ जनामा र दुई हजार ९७४ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन् । उनका अनुसार योसँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६०० जना कोरोना संक्रमणमुक्त हुँदा तीन जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार १०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ