सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

नक्कली डलर कारोबारी समाउन ५ राउण्ड गोली

प्रकाशित समय: सोमवार, ०७ : २२ बजे जेठ १४ गते



नक्कली डलर कारोबारी समाउन ५ राउण्ड गोली

काभे्र,। पाचखालबाट नक्कली डलरका कारोवारी पक्राउ परेका छन् । ५ राउन्ड हवाइफायर गरी पक्राउ गरेको काभ्रे प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र मरासिनीले सिन्धुपाञ्चोक जिल्ला बाहृविसे नगरपालिका–३ बस्ने बर्ष २३ को विनोद तामाङलाई नक्कली डलर २५ हजार सहित कारोवार गदै गरेको अवस्थामा पाँचखाल–४ बोरेदोभानबाट पक्राउ गरिएको जानकारी दिए ।

 

नक्कली डलरको कारोवार हुदैँ गरेको भन्ने सूचनाका आधारमा जिल्लाबाट गएको टोलीले तामाङलाई पक्राउ गरेको थियो ।

 

तामाङको साथमा बा २ प ३०९६ नम्बरको मोटरसाइल, मोवाईल एक थान बरामद गरिएको छ ।

 

अन्य टोलीको खोजी भइरहेको र पक्राउ परेका तामाङको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।