काठमाडौं, ९ फागुन।आइसीसी टी-२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडाविरुद्ध नेपाल टस हारेर गरेर फिल्डिङमा गर्ने भएको छ ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा क्यानडाका कप्तान नवनित धलिवालले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले फिल्डिङको निम्तो पाएको हो ।समूह चरणका सुरुआती दुई खेलमा जित निकालेको नेपालले सेमिफाइनलको सम्भावना बलियो बनाइसकेको छ ।छनोटको पहिलो दिन शुक्रबार नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र शनिबार फिलिपिन्सलाई १३८ रनले पराजित गरेको थियो ।
यस्तै, क्यानडाले पहिलो खेलमा फिलिपिन्सलाई ११८ रनले पराजित गर्दा दोस्रो खेलमा ओमानसँग ९ विकेटले पराजित भएको थियो ।ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, दुई खेलबाट २ अंक जोडेको क्यानडा दोस्रो र समान खेलबाट समान अंक रहे पनि रनरेटका आधारमा ओमान तेस्रो स्थानमा छ । अंकविहिन फिलिपिन्स समूहको पुछारमा छ ।
समूहका शीर्ष दुई टोली सेमिफाइलनमा प्रवेश गर्नेछन् ।आज जितसहित समूह विजेता बने नेपालले सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइलनबाट फाइनल यात्रा तय गर्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोटमा हुनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ