सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

प्रकाशित समय: सोमवार, ०४ : ५९ बजे फाल्गुन ९ गते



थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं, ९ फागुन।नेपालमा थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ५ हजार २ सय २५ पिसिआर परिक्षणका क्रममा २ सय ४७ जना र २ हजार ९ सय १५ एन्टीजेन परिक्षणका क्रममा १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २५ जनाको मृत्यु भएको छ ।

 

त्यस्तै थप १२ सय ५ संक्रमित निको हुँदा हाल सम्म नेपालमा ९ लाख ५२ हजार ५ सय ९९ जना निको भएका छन् । हाल नेपालमा ११ हजार २ सय ८२ सक्रिय संक्रमित आइशोलेशन र १०७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।