सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

बेथानचोकमा दन्त शिविर

प्रकाशित समय: शुक्रवार, ०७ : ०२ बजे जेठ २५ गते



बेथानचोकमा दन्त शिविर

बेथानचोक । बेथानचोक गाउँपालिका तथा आसपासका दाँत सम्बन्धी समस्या भएकाहरुका लागि एक ४ दिने दन्त शिविरको आयोजना गरिएको छ ।

 

जेठ २४ देखि २७ गते सम्म सम्म बेथानचोक गाउँपालिका वडा नं २ को ढुंर्खक स्वास्थ्य चौकीमा संचालन हुने शिविर बेथानचोक गाउँपालिकाको आयोजनामा संचालन हुन लागेको हो ।

 

शिविर संचालनका लागि भोलन्टियर फर लाइफ रोमानिया र कोल्डफिट एडभेन्चर नेपालको प्राविधिक सहयोग रहेको छ ।

 

शिविरमा विरामीहरुको दन्त परिक्षण,दाँत सफा गर्ने दाँत निकाल्ने, र दाँत भर्ने कार्य हुने आयोजकले जनाएको छ ।

 

साथै शिविर उद्घाटनको अवसरमा सहयोगी संस्थाले ढुंखर्क स्वास्थ्य चौकीका लागि आवश्यक पर्ने दन्त उपचारका लागि प्रयोग हुने उपकरणहरु हस्तान्तरण गरेका थिए ।