सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप १११ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

प्रकाशित समय: आइतवार, ०५ : ११ बजे फाल्गुन १५ गते



थप १११ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, १५ फागुन।नेपालमा थप १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ६ हजार ४ सय ८६ पिसिआर परिक्षणका क्रममा ९४ जना ३ हजार २ सय २४ एन्टीजेन परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३५ को मृत्यु भएको छ । त्यस्तै थप ४ सय १५ संक्रमित निको हुँदा हालसम्म ९ लाख ५६ हजार ४ सय १३ जना निको भएका छन् । हाल नेपालमा ८ हजार ५ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।