सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

पनौतीमा स्वास्थ्य शिविर सँगै खुल्ला रक्तदान

प्रकाशित समय: शनिवार, ०६ : ३५ बजे जेठ २६ गते



पनौतीमा स्वास्थ्य शिविर सँगै खुल्ला रक्तदान

पनौती । पनौती आसपासका सर्वसाधरणलाई लक्षित गरि ज्ञान विकास पुस्तकालय पनौतीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

 

विश्राम समाज, विश्राम महिला समाज,रिदम न्यूरो साइक्रियाटिक हस्पिटल एण्ट रिर्सच सेन्टरको आयोजना ज्ञान विकास सामुदायीक पुस्तकालय को सहआयोजना र बनेपा ब्लड बैकको प्राविधिक सहयोग ,रोशी साकोसको सहयोगमा शिविर संचालन भएको थियो ।

 

शिविरमा नशारोग, तथा मानसिक रोग सम्बन्धी रोगहरुको परीक्षण गरिनुका साथै यी समस्याका विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले जनचेतनात्मक कार्यक्रम पनि संचालन गरिएको थियो ।

 

शिविरबाट १ सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए । डा. रितेश थापा (डाइरेक्टर रिदम न्युरो साइक्रियाटिक हस्पिटल ,डा. प्रभाकर पोखरेल, डा.राजेन्द्र ताम्राकार लगायतले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

 

त्यसै गरी शनिवार नै रजत जयन्तीको अवसरका रोशी साकोसको अयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका आयोजकले जनाएका छन् ।