सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

इन्द्रावतीमा १ हजार ५ जनाको स्वस्थ्य परिक्षण

प्रकाशित समय: आइतवार, ०८ : ३२ बजे जेठ २७ गते



इन्द्रावतीमा १ हजार ५ जनाको स्वस्थ्य परिक्षण

सिन्धुपाल्चोक २७ ,जेष्ठ- इन्द्रवाती गाँउपालिकाको आयोजनामा भएको बृहत घुम्ती स्वस्थ्य शिविरबाट १ हजार ५ जनाले स्वस्थ्य परिक्षण गरेका छन् ।

 

शिविरमा ६६ जनाले नाक कान घाँटी ,२ सय १० जनाले हाड जोर्नि ,६३ जना पाठेघर र स्त्री रोग सम्बन्धि महिलाले स्वस्थ्य परिक्षण गरेका हुन् ।

 

यस्तै ६१ जनाले दन्त सेवा , २ सय ५ जनाले आँखा जाँच ,१ सय ९६ जनाले मुटु तथा समान्य रोगको परिक्षण गराएका छन् ।

 

शुक्रबार र शनिबार इन्द्रावती गाँउपालिकाको आयोजनामा नेपाल चिकित्सक संघ , भतmपुर क्यान्सर अस्पताल , समाज डेण्टल अस्पताल , र जिल्ला सामुदायिक स्वस्थ्य प्रतिष्ठानको सहकार्यमा गाँउपालिकाले शिविर सन्चालन गरेको हो ।

 

क्रिटिकल रिर्पाेट आएको विरामीहरुलाई अर्काे अस्पतालमा लागी निशुल्क उपचार गराउने गाँउपालिकाले जनाएको छ ।