सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

थप १९४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

प्रकाशित समय: मगलवार, ०४ : ४० बजे फाल्गुन २४ गते



थप १९४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, २४ फागुन।नेपालमा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ३ हजार ६ सय ३८ पिसिआर परिक्षणका क्रममा ७४ जना र २ हजार ७ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय ४८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५९ हजार ८ सय १७ जना निको भएको छ । हाल नेपालमा ५ हजार ८ सय ७५ सक्रिय संक्रमित आइशोलेशन र १ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।