सिन्धुपाल्चोक,मेलम्ची खानेपानि आयोजनाको सिएमसि विरुद्ध सिन्धु सुरुङका स्थानिय आन्दोलित भएका छन् ।
उनिहरुले हिजो देखि आयोजनाको सम्पुर्ण काम ठप्प पारेका छन् । सिएमसि कम्पनिमा कार्यरत तारा वहादुर तामाङको २ महिना अगि मृत्युभएपनि हालसम्म क्षतिपुर्ति नदिएको र ७३ सालमा भएको ८ बुदे सहमति कार्यन्वयन नभएपछि आन्दोलनमा उत्रन बाध्यभएको सिन्धु सिरुङ स्थानिय प्रभावित सरोकार समितिका अध्यक्ष कुमारी तामाङले बताउनुभयो ।
२ महिना अघि काम गर्दा गर्दै अचानक बेहोस भएर ढलेका तारा वहादुर तामाङको उपचारका क्रममा निधन भएपनि सिएमसिले अहिलेसम्म कुनै पनि क्षतिपुर्ति दिएको छैन ।
मृतक परीवारलाई तत्काल क्षतिपुर्ति उपलग्ध गराउन र सम्झौताहरु कार्यन्वयन गर्न माग गर्दै आन्दोलन जारी राख्ने सिन्धु सिरुङ स्थानिय प्रभावित सरोकार समितिका अध्यक्ष कुमारी तामाङले बताउनुभयो ।
अहिले आन्दोलित स्थानिय र मजदुरहरुले सिएमसिका गाडि समेत प्रवेश गर्न दिएका छैनन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ