सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

बुधबार थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: बुधवार, ०५ : ५७ बजे फाल्गुन २५ गते



बुधबार थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २५ फागुन।नेपालमा बुधबार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ६ हजार ९ सय ३६ पिसिआर परिक्षणका क्रममा ६८ जना र ३ हजार १ सय ५६ एन्टीजेन परिक्षणका क्रममा १ स्य ५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोनाका कारण ११ हजार ९४९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप २ सय ५१ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ६८ जना निको भएका छन् ।

 

हाल ५ हजार ६ सय ९२ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ ।