सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप ११२ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: बिहिवार, ०४ : २८ बजे फाल्गुन २६ गते



थप ११२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २६ फागुन।नेपालमा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ६ हजार ८ सय १ पिसिआर परिक्षणका क्रममा ७७ जना र २ हजार ५ सय २७ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण बिहीबार पनि कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ । त्यस्तै थप ४ सय २९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ४ सय ९७ जना निको भएका छन् ।

 

हाल ५ हजार ३ सय ४० सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेका छन् ।