सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: शनिवार, ०६ : ०८ बजे फाल्गुन २८ गते



थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २८ फागुन।नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार २ सय ३८ पिसिआर परिक्षणका क्रममा ३० जना र २ हजार ८ सय २४ एन्टीजेन परिक्षणका क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयको भनाई छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ । त्यस्तै थप १ सय ९२ जना संक्रमण मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ८ सय ७८ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ५० सक्रिय संक्रमित आइशोेलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।