सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

मेरो माइक्रोफाइनान्सको ७६ औं शाखा नुवाकोटको बेलकोटमा

प्रकाशित समय: शुक्रवार, ०८ : ०८ बजे असार १ गते



मेरो माइक्रोफाइनान्सको  ७६ औं शाखा नुवाकोटको बेलकोटमा

नुवाकोट,मेरो माइक्रोफाइनान्स बित्तीय सस्था लिमिटेडले आफ्नो ७६ औं शाखा नुवाकोटको बेलकोटगढि नगरपालिकामा स्थापना गरेको छ ।

 

बेलकोट नगरपालिका वडा ८ का वडाध्यक्ष भोज प्रसाद पुडासैनी र सस्थाका प्रमुख कार्यकारि अधिकृत रामहरि दाहालले  शाखाको उद्घाटन गर्नुभएको छ ।

 

उद्घाटन कार्यक्रममा मेरो माइक्रोफाइनान्स बित्तीय सस्था लिमिटेका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले आफ्ना ग्राहक वर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै अबको समय आत्मनिर्भरको रहेको बताउनु भयो ।

 

साथै आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने बताउनुभएको छ । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय खोली हाल देशका ४६ जिल्लामा ७६ वटा शाखा कार्यालयहरुबाट ७२ हजार बढी ग्रामीण तथा बिपन्न घर परिवारहरुलाई समुदायमा आधारित लघु बचत कर्जा कार्यक्रम मार्फत लघु बित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

न्युनतम बित्तीय सेवा समेत पाउन नसकेका ग्रामीण तथा बिपन्न समुदायमा घर दैलो बैंकिङ्ग कार्यक्रम मार्फत बित्तीय साक्षरता प्रदान गर्दै ती जनसमुदायहरुलाइ आर्थिक क्रियाकलापमा सक्रिय बनाइ लघु उद्यमिको रुपमा बिकास गर्ने गरि आय आर्जनका लागि समूह जमानी बिन धितो लघु कर्जा, उचित धितोमा धितो कर्जा बचत रेमिटेन्स बिमा लगायतका कार्यक्रमहरु सस्थले संचालन गरिरहेको छ ।

 

उद्घाटन समारोहको उपलक्ष्यमा कल्याण देबि माबिका बिद्यार्थिहरुलाइ शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

 

शाखाको उद्घाटन समारोहमा बेलकोटगढि नगरपालिकामा रहेको कल्याणिदेबि माध्यामिक बिद्यालयका प्राध्यान्याध्यापक राम प्रसाद नेपाल, नेपाली कांग्रेसका गोकुल प्रसाद दाहाल, साना किसान सहकारी सस्थाका अध्यक्ष बासुदेब भट्ट, वडा सदस्य लक्ष्मि गजुरेल, बिष्णुमाया दमाई, मानव सम्साधन बिभागका प्रमुख बिजेन्द्र चौधरी लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी,  तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।