बैतडी, २९ फागुन।'हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी' गीतका गायक तथा सर्जक मनोजसिंह धामीलाई अवार्ड प्राप्त भएको छ । सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७७/०७८ बाट उनलाई सम्मानित गरिएको हो ।
उक्त गीतमा गायक धामी र गायिका पूर्णकला बिसीको आवाज छ भने विनोद बाजुरालीको म्युजिक एरेन्ज छ । मंसिर २०७७ मा रिलिज भएको उक्त गीत हरेक पटक सिमानाका विषयमा विवाद हुँदा आन्दोलनहरूमा समेत घन्किने गरेको छ ।
उत्कृष्ट पाँचको मनोनयनमा छनौट भएका प्रतियोगीमध्ये २० प्रतिशत भोट र ८० प्रतिशत गीतको मूल्यांकनको आधारमा विजेता छनौट गरिएको थियो ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति काठमाण्डौँले आयोजना गरेको सातौँ संस्करण राष्ट्रिय लोक दोहोरी अवार्ड विजेता धामीलाई अवार्ड प्रदान गरिएको हो ।
'
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ