सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: सोमवार, ०४ : ३५ बजे फाल्गुन ३० गते



थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३० फागुन।नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ३ हजार ५ सय ३९ पिसिआर परिक्षणका क्रममा ५० जना र १ हजार ८ सय ७९ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छ । हालसम्म नेपालमा कोरानाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ । त्यस्तै थप १ सय ४८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार २ सय १८ जना निको भएका छन् ।

 

हाल नेपालमा ४ हजार ८ सय १९ सक्रिय संक्रमित आइशोलेशनमा र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।