सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

गोदावरी साहित्य परिषद्ले नगरव्यापी निबन्ध प्रतियोगिता गर्दै

प्रकाशित समय: शुक्रवार, ०८ : ०४ बजे असार ८ गते



गोदावरी साहित्य परिषद्ले नगरव्यापी निबन्ध प्रतियोगिता गर्दै

ललितपुर, गोदावरी नगरपालिकाको साझेदारी तथा गोदावरी साहित्य परिषदको सयुक्त आयोजनामा गोदावरी नगरव्यापी निबन्ध लेखन प्रतियोगिता आयोजना हुने भएको छ।

 

नेपाली भाषा, संस्कृति, कला र साहित्यको सम्बर्धन गर्ने प्रमुख उद्देश्यका साथ भर्खरै स्थापनाभएको गोदावरी साहित्य परिषद्को यो पहिलो कार्यक्रम हो।

 

 

'संस्कृति, सम्पदा र स्थानीय सरकार' विषयमा हुने निबन्ध प्रतियोगिता यही असार १६ गते शनिबार श्री बज्रबाराही माध्यमिक विद्यालय गोदावरी नगरपालिका ११ मा हुने भएको छ।

 

प्रतियोगितामा गोदावरी नगरभित्र बसोबास गर्ने सर्जकहरुले मात्र भाग लिन पाउने परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले बताउनुभयो ।

 

परिषद्ले पुरस्कार अर्पण गर्ने दिनको अवसर पारेर गोदावरी साहित्य सम्मेलन तथा राष्ट्रिय कवि गोष्ठी समेत आयोजना गर्ने भएको छ।

 

गोदावरी नगर व्यापी निबन्ध प्रतियोगिता बारे थप जानकारी

 

गोदावरी नगरव्यापी निबन्ध प्रतियोगिता हुनेबारे सूचना !

 

तपसिल

 

मिति - २०७५ साल असार १६ गते शनिवार

 

स्थान - श्री वज्रवाराही माध्यमिक विद्यालय गोदावरी न.पा. ११ ललितपुर

 

समयः बिहान ठीक ११:०० बजे

 

प्रतियोगितासम्बन्धी जानकारी

 

१. निबन्धको विषय “संस्कृति, सम्पदा र स्थानीय सरकार” रहेको छ ।

 

२. यस प्रतियोगिता गोदावरी नगरपालिकाभित्र स्थायी बसोवास भएका व्यक्तिहरू मात्र सहभागी हुन पाउनेछन् ।

 

३. निबन्ध बढीमा १,५०० शब्दसम्मको हुनुपर्नेछ र लेखनको लागि २ घण्टाको समय उपलब्ध गराइने छ ।

 

४.सहभागी हुन चाहने व्यक्तिहरूले यही असार १४ गतेसम्म कार्यालय समयभित्र गोदावरी नगरपालिकाको कार्यालयमा स्वयम् उपस्थित भई वा टेलिफोन सम्पर्क गरी नाम टिपाइसक्नु पर्नेछ ।

 

५. प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई नगद रु. १०,०००।– र प्रमाणपत्र, द्वितीय स्थान प्राप्त गर्नेलाई नगद रु. ७,०००।– र प्रमाणपत्र, तृतीय स्थान प्राप्त गर्नेलाई नगद रु. ५,०००।– र प्रमाणपत्र तथा प्रोत्साहन स्वरूप नगद रु. १,०००।– र प्रमाणपत्र (१ देखि ३ जनासम्मलाई) प्रदान गरिने छ ।

 

पुरस्कार अर्पण २३ गते शनिवार आयोजना गरिने गोदावरी साहित्यिक सम्मेलन तथा राष्ट्रिय कवि गोष्ठीको अवसरमा गरिनेछ ।

 

६.प्रतियोगितासम्बन्धी अन्य कुराहरू आयोजक र निर्णायक समितिको निर्णयबाट कार्यान्वयन गरिनेछ र आवश्यक कुराहरू प्रतियोगीहरूलाइ जानकारी गराइनेछ ।

 

७. थप जानकारीको लागि सम्पर्क नम्बरहरूः

 

वशिष्ठ अधिकारी (अध्यक्ष) - ९८५१२१५८९८

 

रत्न विरही घिमिरे (सचिव) - ९८४९०५२९६५

 

गोपाल सञ्जेल (कार्यक्रम संयोजक) - ९८५११८७१०८

 

गोदावरी नगरपालिका - ९८४९५११३२५ (तारा दुलाल)

 

गोदावरी साहित्य परिषद् गोदावरी न.पा ११, ललितपुर