काठमाडौं, ११ चैत।नेपालका मध्यक्रमका ब्याटर रोहितकुमार पौडेलले पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा अर्धशतक पूरा गरेका छन् ।
एकदिवसीय खेलमा रोहितको यो पाँचौ अर्धशतक हो । यससँगै रोहितले नेपालबाट एक दिवसीय शृंखलामा सर्वाधिक अर्धशतकको कीर्तिमान रचेका छन् ।उनले यसअघि ज्ञानेन्द्र मल्लको नाममा रहेको चार अर्धशतकको कीर्तिमानसँग बराबरी गरेका थिए । कीर्तिपुरस्थित टियु मैदानमा रोहितले ५४ बलमा तीन चौका र एक छक्का मद्दतमा अविजित ५० रनमा खेलिरहेका छन् ।
७३ रनमा चार विकेटको स्थितिमा ब्याटिङका लागि आएका रोहितले आरिफ शेखसँग पाँचौ विकेटका लागि अविजित ६० रनको साझेदारी गरिसकेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ