सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

नेपाल पीएनजीसँग ६ रनले पराजित

प्रकाशित समय: शुक्रवार, ०५ : ३० बजे चैत्र ११ गते



नेपाल पीएनजीसँग ६ रनले पराजित

काठमाडौं, ११ चैत।पपुवा न्युगिनि (पीएनजी) विरुद्धको पहिलो खेलमा एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको हो ।

 

२ सय ९३ रनको ठुलो लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २ सय ८६ रन बनायो । रोहितले १ सय २६ रनको कीर्तिमानी शतकीय इनिङमा समेत नेपालले जित निकाल्न सकेन । नेपालका रोहित पौडेलले १ सय २६ रनको कीर्तिमानी शतकीय इनिङ खेले । रोहितको यो अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । नेपालका आरिफ शेखले ३४ रन, कुशल भुर्तेलले ३२ रन, सोमपाल कामीले अविजित १८, भिम शार्कीले १७, कमल सिंह ऐरीले १८ बनाउनु बाहेक अन्य खेलाडीले सम्झनालायक प्रदर्शन गर्न सकेनन् ।

 

पीएनजीका नोरमान भानुअले ३ विकेट लिए । यस्तै चार्ल्स अमिनी, असद भालाले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनायो । नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १/१ विकेट हात पारे । नेपालले शनिबार पीएनजीबिरुद्ध अर्को एकदिवसीय क्रिकेट खेल्नेछ ।