सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

पीएनजीलाई नेपालले दियो १ सय ८४ को लक्ष्य

प्रकाशित समय: सोमवार, ०३ : २७ बजे चैत्र १४ गते



पीएनजीलाई नेपालले दियो १ सय ८४ को लक्ष्य

काठमाडौं, १४ चैत।त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेट शृंखलाअन्तर्गतको पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) सामू नेपालले १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८३ रनको योगफल तयार गर्‍याे ।नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । उनले ३५ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।स्कोर बोर्डमा २५ रन जोड्दा कुशललाई पहिलो विकेटका रुपमा गुमाए पनि त्यसपछि आशिफ र रोहितकुमार पौडेलले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । रोहित २६ बलमा दुई चौका र एक छक्कासहित ३४ रन बनाए ।

 

त्यसअघि नेपालका अर्का ओपनर कुशल भुर्तेल ११ बलमा तीन चौका र एक छक्कासहित २० रन बनाएर आउट भएका थिए ।टोलीको खातामा करण केसीले दुई छक्कासहित १४ रन थप्दा आरिफ शेखले २२ बलमा एक चौका र दुई छक्कासहित ३१ रन र कुशल मल्लले ६ बलमा एक चौका र एक छक्कासहित ११ रन बनाए ।

 

यसबाहेक, लोकेश बम पाँच, दीपेन्द्रसिंह ऐरी चार र सोमपाल कामीले एक रन जोड्दा कप्ता सन्दीप लामिछाने एक र अविनास बोहरा सुन्य रनमा अविजित रहे ।पीएनजीका अलेइ नाओ, चाड सोपर र चार्ल्स एमिनीले समान दुई विकेट लिँदा नोर्मान भानुआ र रिले हाकुरेले एक एक विकेट हात पारे ।