नुवाकोट,ऐतिहासिक धरोहर नुवाकोटको पहिचान, खुला दिशामुक्त समाज हाम्रो अभियान भन्ने नाराको साथ नुवाकोट जिल्लालाई आजदखि खुला दिशामुक्त क्षेत्र जिल्ला घोषणा गरिएको छ ।
जिल्लामा रहेको २ नगरपालिका र १० गाउपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेसँगै आज पूरै जिल्लालाई नै खुला दिशामुक्त जिल्ला घोषणा गरी नुवाकोटलाई मुलुकको ५८ औँ खुला दिशामुक्त जिल्ला घोषणा गर्न सफल भएको हो ।
खुला दिशामुक्त जिलला घोषणा गर्नु अघि जिल्लामा रहेका स्थानीय तहमा शौचालयको अबस्थाबारे क्षेत्रीय अनुगमन तथा सुपरिबेक्षण टोलीबाट अनुगमन गरिएको थियो । जिल्लाको सदरमुकाम बिदुर स्थित जिल्ला समन्वयन समितीको प्रांगणमा आयोजित खुला दिशामुक्त घोषणा कार्यक्रममा प्रतिनिधि सभा सदस्य बहादुर सिंह लामाले नुवाकोट ५८ औँ खुला दिशामुक्त जिल्ला भएकोमा खुसी ब्यक्त गर्दै अब नुवाकोट सरसफाईमुक्त जिल्ला बनाउन सबै नागरिकलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य लामाले नुवाकोटलाई खुल्ला दिशामुक्त घोषणा गरेपनि यसलाई कार्यान्वायन गर्न भने चुनौती रहेको बताउनुभएको छ । यस्तै, कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति तथा सांसद जगदिशनरसिंह केसीले जिल्ला खुला दिशामुक्त हुनु नुवाकोटको ईज्जत र प्रतिष्ठासँग जोडिएको भन्दै सचेत नागरिकको पहिचान दिन शौचालय निर्माण भएसँगै सरसफाईको आचारसंहितालाई पनि पूर्ण पालना गर्न नागरिकहरुलाई आग्रह गर्नुभएको छ ।
उहाँँले जिल्लालाई दिशाा रहित क्षेत्र बनाई राख्न अब नुवाकोटकै नागरिकहरुको दायित्व रहेको बताउनुभएको छ । अहिले ०।५४ प्रतिशत घरधुरीमा अझै शौचालय नभएको जानकारी दिदै उहाँले खुला ठाउमा दिशा पिसाब गर्दा पर्न सक्ने नकारात्मक असरहरुबारे ग्रांमीण भेगमा जनचेतना जगाउन आबश्यक रहेको बताउनुभएको छ ।
यस्तै, कार्यक्रममा खानेपानी सरसफाई तथा स्बच्छता समन्वयन समितीका संयोजक एबं जिल्ला समन्वयन समिती नुवाकोटका प्रमुख सन्तमान तामाङले जिल्ला खुला दिशाामुक्त क्षेत्र घोषणा भएसंगै आबश्यक स्थलमा सर्बाजनिक शौचालयको निर्माण नहुनु मुख्य चुनौती रहेको बताउनुभएको छ ।
खानेपानी सरसफाई तथा स्बच्छता समन्वयन समितीका संयोजक तामाङले दिशा रहित जिल्ला र सरसफाईको आचारसंहिततालाई पालना गराउनको लागी बिभिन्न संघ संस्थाहरुसँगको समन्वयनमा साबर्जनिक शौचालय निर्माणमा पहल गरिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिती नुवाकोटले आयोजना गरेको खुला दिशामुक्त क्षेत्र जिल्ला घोषणा कार्यक्रममा क्षेत्रीय अनुगमन तथा सुपरिबेक्षण कार्यालयका निर्देशक नन्दलाल बन्जाडेले मानिसलाई लाग्ने झाडापखाला, जुका, टाईफाईट लगायत बिभिन्न प्रकारको रोगहरु दिशामा हुने जीवाणुले लाग्ने गरेको बताउदै खानेपानी र सरसफाईमा आम नागरिह्रुले ध्यान दिनु आबश्यक रहेको बताउनुभएको छ ।
ऐतिहाँसिक पहिचान बोकेको नुवाकोट जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषण गरिरहदा नुवाकोटबाट निर्बाचित नेपाल कम्युनिष्ट पार्टीका बिदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गीता दाहाल सहित अन्य स्थानीय तहका जनप्रतिनिधिहरुले कार्यक्रमलाई बहिष्कार गरेका छन् ।
जिल्लाको खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा प्रमुख अतिथी राख्ने बिषयमा बिबाद हुदा नेपाल कम्युनिष्ट पार्टीका जनप्रतिनिधिले कार्यक्रममा असहमति जनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी पूर्ब स्वास्थ्यमन्त्री तथा नेपाली काँग्रसका सासद गगन थापा ल्याउने बताए पनि बिबादका कारण प्रयास असफल भएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य कल्पना नेपाली, जिल्ला समन्वयन समिती नुवाकोटका उपप्रमुख अप्सरा थापा, नेपाली काँग्रेस निकट निर्बाचित बिभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापा, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख बसन्त कुंबर, श्रीनाथगण देबिघाटका गणपति अन्जन रुपाखेती , खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्ने बिभिन्न संघसस्थाका प्रमुख एबं प्रतिनिधिहरु, नागरिक समाज, एबं अन्य सरोकारवालारुको सहभागिता रहेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ