काभ्रे । बनेपा नगर सभाको उद्घाटन गर्न प्रमुख अतिथि सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटालाई प्रमुख अतिथिको रुपमा बनेपा आमन्त्रण गरिएको थियो ।
अविरल वर्षाको कारण अरनिको राजमार्गको भक्तपुर तथा काभ्रेका विभिन्न स्थानमा अवरोध पुगेपछि कार्यक्रमा उपस्थित हुन सकेनन् ।
उपस्थित हुन नसकेपछि मन्त्री बास्कोटाले टेलिफोन बाटै सभालाई सम्बोधन गरे ।
शुभकामना, सम्बोधनका गर्दै मन्त्री बाँस्कोटाले पूर्वाधारको विकासले मात्र आर्थिक समृद्धि हासिल गर्ने बताए । स्थानीय तहहरुले पनि अनलाइन सेवा सञ्चालन गर्न ढिला भएको बताउँदै नगरपालिकाले बजेटमा त्यसको व्यवस्थापन गर्नुपर्ने बताए ।
बनेपा नगरपालिकामा निर्माण हुन लागेको आन्तरिक विमानस्थल लगायत का सबै पक्षहरुमा केन्द्र, प्रदेश र स्थानीय सरकारको साझेदारीता हुने उनले बताए । उनले टेलिफोन बाट २५ मिनेट लामो शुभकामना मन्तब्य व्यक्त गरे ।
सभामा नगर प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठले आगामी आर्थिक वर्ष २०७५÷२०७६ का लागि ६९ करोड ४५ लाख ५३ हजारको आय ब्यय प्रस्तुत गर्नुभयो ।
नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्र्दै प्रमुख बादेले आन्तरिक श्रोत तर्फ रजिस्ट्रेसन शुल्क सहित ८ करोड ५२ लाख १० हजार प्रक्षेपण गरिएको छ ।
काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजना सफल बनाउन, बनेपाको फोहोर ब्यवस्थापनका लागि दीर्घकालिन समाधानका लागि पहल गर्न र अन्य भौतिक तथा सामाजिक विकासका कार्यक्रमहरुका लागि बजेट विनियोजन गरिएको उपप्रमुख रेखा सापकोटा दाहालले बताउनुभयो ।
सभाको शुभारम्भ कार्यक्रममा प्रदेश सभा सांसद बसुन्धरा हुमागाई, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल, नगरका पुर्व प्रमुख डा. सुरेन्द्रबहादुर बादे श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर लगायतले बोल्नुभएको थियो ।
त्यसैगरी विहीवार नै आयोजना गरिएको बेथानचोक गाउँपालिकाको तेस्रो गाउँसभाको सञ्चारमन्त्री बास्कोटाबाट नै उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । वर्षाले सडक अवरुद्ध भए पछि कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले गर्नुभएको थियो ।
कार्यक्रमका गाउँपालिका अध्यक्ष तिमल्सिनाले गाउँपालिका भित्रको पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्रथमिकतामा राखेर कार्यक्रम संचालन गरिने बताउनु भयो ।
सभामा ३४ करोड ४० लाख २७ हजार ७ सयको आय व्यय प्रस्तुत गरिएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ